नियम
सञ्चित कोषको सञ्चालन
(१) सञ्चित कोष सञ्चालनका लागि महालेखा नियन्त्रक कार्यालयले समय समयमा तोकिदिए बमोजिमका खाताहरू रहनेछन् ।
(२) उपनियम (१) बमोजिमका खाताहरूको सञ्चालन महालेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकिदिए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालय वा अन्य कार्यालयले गर्नेछ ।
(३) उपनियम (१) बमोजिमका खाताहरूमा आर्थिक वर्षको अन्त्यमा बा“की रहेको विनियोजित रकम महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम गर्नु पर्नेछ ।